तनहुँको चुँदेर गाउँमा पुरुष भलिबल प्रतियोगिता हुने

तनहुँ | बैशाख १६, २०८०

तनहुँको चुँदेर गाउँमा पुरुष भलिबल प्रतियोगिता हुने

तनहुँ:   तनहुँको व्यास नगरपालिका ५ चुँदेरमा प्रथम चुँदेर कप साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 


‘सामाजिक कामः चुँदेर युवा क्लबको अर्को नाम’ भन्ने मुल नारासहित तनहुँको व्यासनगरपालिका ५ स्थित चुँदेर युवा क्लबले प्रथम चुँदेर कप साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।


क्लबका अध्यक्ष सुकबहादुर थापाले आपसी भाइचारको सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए । ‘नयाँवर्षको आगमनसँगै भलिबल प्रतियोगिता आयोजना गर्न लागेका छौं, अध्यक्ष थापामगरले भने,‘यस प्रतियोगिताले साबिक वडाका दाजुभाईहरुको सम्बन्धलौई सुमधुर बनाउने विश्वास लिएका छौ ।’


अध्यक्ष थापामगरका अनुसार ‘आगामी वैशाख २२ देखि २४ सम्म सञ्चालन हुने साविक वडा स्तरीय पुरुष भलिबलको प्रतियोगिता आयोजना गरिने जानकारी दिए । 


सो प्रतियोगिताको विजेताले ट्रफी, प्रमाणपत्रसहित नगद रु ३३ हजार ३ सय ३३ रुपैयाँ, दोस्रो हुने समूहले ट्रफी, प्रमाणपत्रसहित नगद २२ हजार २ सय २२ र तेस्रो हुने समूहले ११ हजार १ सय ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक कुशल थापाले जानकारी दिए । 


उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन ३ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरले जर्सी र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
 

काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...

थप पढ्नुहोस्

गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ ।   रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...

थप पढ्नुहोस्

गण्डकी:   कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ ।   रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

थप पढ्नुहोस्